Tuesday, August 4, 2026



                                                 https://ratopana.com/?p=53527


                                     https://ratopana.com/?p=5341

1

Saturday, July 18, 2026


 




 

कर्मयोग र कर्मसंन्यास : आधुनिक व्यवस्थापन र श्रीमद्भागवत गीता दर्शन




कर्मयोग र कर्मसंन्यास : आधुनिक व्यवस्थापन र श्रीमद्भागवत गीता दर्शन: श्रीमद्भागवत गीता, अध्याय ५, श्लोक १ अर्जुन सोध्छन् संन्यासं कर्मणां कृष्ण पुनर्योगं च शंससि। यच्छ्रेय एतयोरेकं तन्मे ब्रूहि सुनिश्चितम्॥ सम्बन्धको भुमरीमा परेर धर्म र धर्मानुकुल कर्म छुट्याउन न सकेको अवस्थामा अर्जुनले महाभारत युद्ध भूमिमा आफ्नै सारथिको रूपमा सहायता गरिरह…

Wednesday, July 8, 2026

 विश्वविद्यालय केवल अध्ययन-अध्यापन र अनुसन्धानबाट मात्र सञ्चालन हुँदैन। यसको सफलताका लागि सक्षम प्रशासन, वित्तीय अनुशासन, प्रभावकारी व्यवस्थापन तथा संस्थागत सुशासन उत्तिकै अपरिहार्य हुन्छ।

नेपाल सरकारद्वारा योग्यता (मेरिट) का आधारमा पूर्वाञ्चल विश्वविद्यालयमा उपकुलपतिको नियुक्ति हुनु आफैँमा सकारात्मक र स्वागतयोग्य कदम हो। तर यसको अर्थ विगतका नेतृत्वमा योग्यता वा प्रतिबद्धताको अभाव थियो भन्ने कदापि होइन। अघिल्ला नेतृत्वहरूले उपलब्ध स्रोत-साधन, आफ्नो अनुभव, दूरदृष्टि तथा नेतृत्व क्षमताका आधारमा विश्वविद्यालयलाई आजको अवस्थामा पुर्याएका हुन्। उनीहरूको योगदानकै जगमा उभिएर पूर्वाञ्चल विश्वविद्यालयले राष्ट्रिय स्तरमा आफ्नो सशक्त पहिचान निर्माण गरेको हो।
आज पूर्वाञ्चल विश्वविद्यालयलाई केवल सम्बन्धन दिने संस्था भनेर मात्र हेर्ने समय समाप्त भएको छ। अनुसन्धान, नवप्रवर्तन, गुणस्तरीय जनशक्ति उत्पादन र राष्ट्रिय विकासका लागि आवश्यक बौद्धिक नेतृत्व निर्माण गर्ने विश्वविद्यालयका रूपमा यसले आफूलाई क्रमशः स्थापित गरिरहेको छ। त्यसैले यसको विगत संघर्षको कथा भए पनि वर्तमान उपलब्धिको आधार बनेको छ, र भविष्य उत्कृष्टताको नयाँ सम्भावनाले भरिएको देखिन्छ।



                                                             https://ratopana.com/?p=53527